सरकारको प्रवक्तामा योगेश भट्टराई, कुलमानको नियुक्ति पनि हुने

लोकप्रिय

काठमाडौं– मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता र केही महत्वपूर्ण नियुक्तिको गर्ने बुझिएको छ ।

साथै, सरकारको प्रवक्तामा पर्यटन संस्कृति एवं नागरिक उड्यानमन्त्री योगेश भट्टराईलाई तोक्ने प्रधानमन्त्रीको तयारी गरेको स्रोतको बतायो ।

बालुवाटार स्रोतकाअनुसार मन्त्रिपरिषद बैठकले भट्टराईलाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गर्ने छ ।

प्रधानमन्त्री ओलीले केही दिनपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मा समेत भट्टराईलाई दिने गरी उनलाई प्रवक्ता तोक्न लागिएको स्रोतले दावी गर्यो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्ने छ। उर्जामन्त्री बर्षमान पुनले घिसिङको प्रस्ताव शुक्रबारको मन्त्रिपरिषदको बैठकमा पेश गर्न लागेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?