- गणेश मिश्र
पिता हुन विशाल छहारी, सन्तान भए नि थरि थरी ।
छोडे बाटो सन्ततिले, दु:खी हुन्छन् उनैमा आखिरी।।
आंसु बगाउँछ्न् गहभरी, मिठास शब्द भरी भरी ।
सहेर दु:ख आफूले, ढाक्दछन, पुर्याउँछ्न् नानाथरी ।।
पिता हुन यस लोकका, सन्तानका हिरा, नभोमणि ।
कीर्ति राख धरणीमा, भन्छ्न् पुजिनु सधैं उसै गरि ।।
सुनाउँछन् तथ्य कथा उनी , बाबू नानी भनी भनी ।
बात्सल्यता झल्काउँदै सन्तानमा, माधुर्यवाणी छरी ।।
पिता हुन आँट, जोश, जाँगर भर्ने, उर्जाका श्रोत हरि ।
समान ठान्छ्न सन्ततीमा , हुन्न ति खोट कठैबरी ।।
रोग, भोक भगाउन आफू बन्छ, बन्धक घरी घरी ।
सम्झनु पर्छ सन्तानले, पिता ईश्वरको उपहार सरी ।।।
२५ भाद्र २०७७