पत्रपत्रिका

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल...
Spread the love

चाँगुनारायणमा ‘छोरीको बचत खाता’

Spread the love

भक्तपुर– चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेको छ । नगरले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेर बुधबारबाट कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम सञ्चालनका लागि कार्यविधि पारित गरिसकेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । छात्राहरूको नाममा बैंक खाता खोलिदिने र नगरले प्रत्येक वर्ष ४ हजार रुपैयाँ जम्मा गरिदिने उनले बताए । खातामा जम्मा भएको रकम छात्राहरूले सामुदायिक विद्यालयबाटै माध्यमिक तह पास गरेपछि झिक्न पाउनेछन् । त्यसका लागि २० वर्ष कटेको र अध्ययनलाई निरन्तरता दिएको हुनुपर्ने नगरपालिकाको भनाइ छ । नगर क्षेत्रमा बालविवाह नियन्त्रण, स्कुल ड्रपआउट संख्या रोक्न र सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन कार्यक्रम थालिएको हो । कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको संख्या १ हजार ३ सय १२ रहेको अनुमान छ । नगरले कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरभित्रका बेरोजगार युवालाई लक्षित गरेर ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ पनि कार्यान्वयनमा ल्याएको छ ।

  •  
    7
    Shares
  • 7
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित...

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा- जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या...

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज...

रुसमा धमाधम भ्याक्सिन लगाउने बढे, भ्याक्सिन लगाउनेले ३ कुरा गर्न मिल्दैन

काठमाडौं– रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने धमाधम बढेका छन् । विश्वकै पहिलो दाबी गरिएको...

थपिए एक हजार ३५६ कोरोनाका सङ्क्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

थप समाचार शीर्षक

  •  
    7
    Shares
  • 7
  •