Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...
Spread the love

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

Spread the love

नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उहाँले बताउनुभयो ।

यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो । लिम्बू झापाको शरणामतीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ ।

  •  
    5
    Shares
  • 5
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत...

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च पुनः गठन, केदार गौतम अध्यक्ष चयन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही...

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...

थप समाचार शीर्षक

  •  
    5
    Shares
  • 5
  •