पत्रपत्रिका

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल...
Spread the love

असोजदेखि विद्यालय खुलाउने तयारी

Spread the love

खलङ्गा- जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।

आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “ लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।”

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख सेजुवालले बताउनुभयो ।

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।” आउँदो असोज ४ गतेदेखि आ–आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित...

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा- जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या...

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज...

रुसमा धमाधम भ्याक्सिन लगाउने बढे, भ्याक्सिन लगाउनेले ३ कुरा गर्न मिल्दैन

काठमाडौं– रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने धमाधम बढेका छन् । विश्वकै पहिलो दाबी गरिएको...

थपिए एक हजार ३५६ कोरोनाका सङ्क्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

थप समाचार शीर्षक

  •  
  •  
  •