पत्रपत्रिका

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।
Spread the love

गोदावरीमा ‘बिजनेस क्लिनिक’ शुभारम्भ

Spread the love

गोदावरी उद्योग वाणिज्य सङ्घले व्यापार तथा व्यवसाय पदोन्नतिका लागि ‘बिजनेस क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा रहेको सङ्घ कार्यालयमा आज सो क्लिनिक शुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले क्लिनिकको उद्घाटन गर्दै यसले नगरभर उद्योग गर्ने वा गरिरहेका व्यक्तिलाई निकै सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधारणाको सहायताले मानिसमा अब म केही गर्छु भन्ने मनोबल बढाउने छ ।” हरेक मानिसमा केही गरेर पैसा कमाउने सोच हुने हुँदा क्लिनिकले सफलता दिलाउन अहम् भूमिका खेल्ने महर्जनको बुझाइ छ ।

वडा नं ११ का वडाध्यक्ष नीलबहादुर देशारले चापागाउँ ललितपुरको तीन गाउँपालिकाका साथै गोदावरीको समेत मुख्य बिन्दु रहँदा क्लिनिकको प्रयोग ललितपुरको चार पालिकाका वासिन्दाले सजिलै पूर्णरुपमा गर्न सक्ने भनाइ राख्नुभयो । गोदावरी इकोनमी फोरमका संयोजक डा रघुवीर विष्टले गोदावरीमा थुप्रै स्रोतसाधन रहँदा यसको विकासमा क्लिनिकले ज्ञान आदानप्रदान गर्न र अन्योल हटाउन मद्दत गर्ने दाबी गर्नुभयो ।

सङ्घका अध्यक्ष जगनाथ महर्जनले विभिन्न कारणवश व्यवसायमा समस्या भोगिरहेका वा अझ यसलाई थप माथि पुर्‍याउन चाहने व्यक्तिलाई सम्पर्क गरेर अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग व्यवसाय सम्बन्धित विज्ञ हुँदा छलफल गरेर व्यापारमा अघि बढ्नु नै फलदायी हुनेछ ।” क्लिनिकमा कानूनविद्, व्यवस्थापन परामर्शदाता, चार्टर्ड एकाउन्टेन्ट र बजार विशेषज्ञले राय र सल्लाह दिने व्यवस्था गरिसकेको महर्जनले जानकारी गराउनुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

विपन्न नागरिक भन्छन्ः दशैँ कसरी टार्ने ?

टीकापुर- टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...

थप समाचार शीर्षक

  •  
  •  
  •