पत्रपत्रिका

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।
Spread the love

रसुवामा कोरोना सङ्क्रमित शून्य

Spread the love

रसुवा- जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।

हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । क्वारेन्टिनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो । अहिले ती सबै आआफ्ना घर गइसकेको जनाइएको छ ।

अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि दुई अस्पताल, दुई आइसोलेशन र १८ स्वास्थ्य केन्द्र छन् । केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गर्नुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

विपन्न नागरिक भन्छन्ः दशैँ कसरी टार्ने ?

टीकापुर- टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...

थप समाचार शीर्षक

  •  
  •  
  •