पत्रपत्रिका

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...
Spread the love

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

Spread the love

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताउनुभयो ।

“अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उहाँले भन्नुभयो, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । “प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ”, उहाँले भन्नुभयो ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताउनुभयो । हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान...

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित...

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

चितवन- चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका...

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी

गाईघाट- कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक...

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

बलेवा- सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा...

थप समाचार शीर्षक

  •  
  •  
  •