पत्रपत्रिका

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...
Spread the love

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

Spread the love

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना गरे लगत्तै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताउनुभयो । उहाँलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियोे ।

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

  •  
    8
    Shares
  • 8
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान...

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित...

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

चितवन- चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका...

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी

गाईघाट- कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक...

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

बलेवा- सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा...

थप समाचार शीर्षक

  •  
    8
    Shares
  • 8
  •