ललितपुर– महालक्ष्मी नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि महालक्ष्मी बहुउद्देश्यीय शिक्षालय सुरु गरेको छ ।
नगरपालिकाले आंगिक स्वीकृति लिएर वडा नम्बर ९ मा बहुउद्देश्यीय शिक्षालय सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । ललितपुर जिल्लामा नै पहिलोपटक बहुउद्देश्यीय शिक्षालय सुरु गरिएको उहाँको भनाइ छ ।
शिक्षालयमा यही शैक्षिक सत्रबाट डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ सुरु गरिएको छ । ‘अर्को वर्षदेखि फार्मेसी, जियोमेट्रीक, आर्किटेक्ट इञ्जिनियरिङको अध्ययन गराउने योजना छ,’ उहाँले भन्नुभयो ।
नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाले नगर शिक्षाको व्यवस्थापन सुरु गरेपछि सरकारी विद्यालयमा विद्यार्थीहरुको चाप बढेको छ भने गुणस्तीयतामा पनि वृद्धि भएको छ ।
- 49Shares
49