पत्रपत्रिका

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...
Spread the love

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

Spread the love

महेन्द्रनगर- गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ”, प्रवक्ता थापाले भन्नुभयो, “आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।”

दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान...

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित...

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

चितवन- चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका...

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी

गाईघाट- कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक...

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

बलेवा- सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा...

थप समाचार शीर्षक

  •  
  •  
  •