Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...
Spread the love

यूकेमा बीबीसी मास्टर सेफको सेमिफाइनल प्रवेश गर्ने पहिलो नेपाली सेफ सन्तोष शाह को हुन् ?

Spread the love


क्वार्टर फाइनलमा उनको पाक–कलाले उत्कृष्ट मान्यता पाउँदै सेमि फाइनलमा पुगेका प्रतिस्पर्धीहरु सँग यसै हप्ता प्रतिस्पर्धा गर्ने भएका छन् । यस राउण्डमा प्रतियोगीलाई अत्यन्तै कडा चापमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ । त्यतिमात्र नभएर आफ्नो सबैभन्दा राम्रो सीप प्रदर्शन गर्नुपर्ने कुरा त छँदैछ ।
क्वार्टरफाइनलमा सन्तोषले भगवा केक अर्थात स्याफ्रोन सहितको लोब्टर बनाएका थिए ।जसमा कागती, टमाटो सस, ओयस्टर टेम्पुरा, समुद्री तरकारी र एभोकाडो समेत प्रयोग गरिएको थियो ।
सन्तोषले तयार गरेका पाकवानहरुमा अक्टोपस, भेडा र नेपाली बोकाको मासुको करीको स्वाद थियो । उनी यूकेमा रहेका भारतीय रेष्टुरेन्टमा पहिलो पटक अक्टोपसको परिकार बनाउने व्यक्ति समेत बन्न सफल भएका छन् ।

लण्डन- बेलायत स्थित मास्टरसेफ यूके प्रोफेस्नल्समा नेपालका सन्तोष शाहले उत्कृष्ट प्रदर्शन गरेका छन् । सेमिफाइनलको यात्रा तय गरेका उनी यस प्रतियोगीतामा उत्कृष्ट हुने एक मात्र एसियन नागरिक समेत बन्न सफल भएका छन् ।
मिचेलिनमा रहेका रेष्टुरेन्टहरुमा काम गर्दै लण्डनका विभिन्न सेफहरु सँग सीप सिकेका सन्तोषले अत्यन्तै कडा प्रतिस्पर्धा मानिएको मास्टरसेफ प्रोफेस्नल्स यूकेको यात्रा तय गरेका हुन् । उनी सेमी फाइनलमा पुगेका छन् ।

“तपाईले यूकेको किचनमा नेपाल ल्याउनुभयो,” निर्णायक समेत रहेका अँग्रेज सेफ मार्कस वारिङ्गले भने, “रँग र मिठास, एकदम राम्रो छ,तपाई आफै स्वाद लिन सक्नुहुन्छ ।”
अर्की निर्णायक तथा न्यूजिल्याण्डर समोन सेफ मोनिका गलेटीले सन्तेषले यस प्रतियोगीतामा १ सय माइल प्रतिघण्टा दौडिरहेको भन्दै उनले अझै धेरै गर्न बाँकी रहेको बताइन् । “आइ लव दिस म्यान्स फुड (मैले सन्तोषको खाना सारै मन पराउँछु)” उनले भनिन् ।

सन्तोषको यात्रा

सन्तोषले मिचेलिन आधारीत सेफहरु सँग काम गरे । उनले बेलायतमा मात्रै १२ बर्षदेखी काम गरिरहेका छन् । उनले आफु १४ बर्षको कलिलो उमेरमा भारतबाट किचनको यात्रा शुरु गरेका हुन् । लण्डन नेपाल न्यूज संग कुराकानी गर्दै उनले भने, “म आफु आत्मनिर्भर छु र सानै उमेर देखि नै कडा मिहेनत गरिरहेको छु, हाल आफुले खोजेजस्तै आम्दानी भइरहेको मलाई लागेको छ, मैले यसमा अझ धेरै सपनाहरु पुरा गर्नुपर्ने छ र मास्टरसेफ यूके ती सपनाहरु मध्येको एक कोषेढुँगा हो।”

क्वार्टर फाइनलमा राम्रो प्रदर्शन गरेका उनले अबको यात्रामा कस्तो पाकवान दिन्छन भन्ने कुराको चासो सबैसामू रहेको छ ।
“मलाई लाग्छ सबै सेफहरुले मास्टरसेफमा पुग्ने सपना बुनेका हुन्छन, र म पनि यही यात्रामा छु, यो अत्यन्तै उत्साहजनक छ र अलिअलि तनाव पनि।” उनले यो काम भने आफ्नो देश नेपालको लागि पनि गरेको सुनाए ।-शिव भण्डारी

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताउनुभएको छ । प्यासिफिक...

जिल्लामा दोस्रो चरणको खोप ७३ स्थानबाट

चितवन- कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने...

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

बैतडी- पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच...

भूमि आयोगको कार्यालय स्थापना

सिमकोट- भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना...

थप समाचार शीर्षक

  •  
  •  
  •