पत्रपत्रिका

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...
Spread the love

‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’

Spread the love

झिमरुक- स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताँै बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आवका लागि रु ५६ करोड ६० लाख ३३ हजार ४५९ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाभित्र थोरै लगानीमा केही व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले गर्दा व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रमले फाइदा पुग्ने नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।
कोरोना सङ्क्रमणका कारण नगरक्षेत्रभित्र आएका व्यक्ति तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि केही व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने उहाँले बताउनुभयो । कोभिड लक्षित कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत अन्य बजेटसमेत विनियोजन भएकाले सोे कार्यक्रममार्फत सबै बेरोजगारलाई रोजगारी बनाउने र व्यवसायी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ पारित गरिएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । त्यसका लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य गरिने छ । सम्झौताका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइएको छ । उहाँले भन्नुभयो “अबको केही समयमा सम्झौता हुने छ ।” सम्झौतालगत्तै नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।

सो कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका बाँझो खेतबारी कृषिमार्फत हराभरा हुनुपर्ने उहाँले बताउनुभयो । वडामार्फत बाँझो जग्गाको तथ्याङ्क सङ्कलन हुनेछ । बेरोजगारलाई आम्दानीको स्रोतसँगै आगामी दिनमा सफल व्यवसायी बनाउने योजनासहित सोे कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । नगरपालिकाले कार्यक्रमको कार्यविधिमा निम्न पिछडिएको, लगानी गर्न रकम नभएको र दलित वर्गलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

नगरपालिकाले रु ५० लाख धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्ने छ । यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम रु २० लाख र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम रु १० लाख ऋण लिन सक्नेछन् । नगरपालिकाले कृषिमा बाँझोबारीलाई हराभरा बनाउन, बाँझो बारी जोती कृषिमा आमूल परिवर्तन गर्नका लागि कार्यक्रमले सहयोग पु¥याउने नगर प्रमुख रोका क्षेत्रीले बताउनुभयो ।

नगरपालिकाले सो कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन गरेकामा रु ५० लाख बैंकमा धरौटी राखिने छ भने रु १० लाख प्रोत्साहनका लागि खर्च गरिनेछ । कोरोना सङ्क्रमणका कारण नगरपालिकाभित्र हालसम्म भारतबाट एक हजार ९६८ र तेस्रो मुलुकबाट १५० जना व्यक्ति आएको तथ्याङ्क छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान...

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित...

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

चितवन- चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका...

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी

गाईघाट- कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक...

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

बलेवा- सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा...

थप समाचार शीर्षक

  •  
  •  
  •