पत्रपत्रिका

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...
Spread the love

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

Spread the love

काठमाडौँ- सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् । सडक विस्तार भइरहेका क्षेत्रमा बिना सूचना दैनिकजसो बत्ती जाँदा गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको कक्षा प्रभावित भएको हो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल सडक विस्तार गरिरहेको छ । विस्तारका क्रममा विद्युत्का पोल सार्नेलगायत कारणले बिना सूचना दैनिकजसो बत्ती जाँदा पढाइमा प्रभाव परेको गोकर्णेश्वर नगरपालिका–४ का अभिभावक कृष्णमान श्रेष्ठले गुनासो गर्नुभयो ।

नगरपालिकाले तीन पटकसम्म विद्यार्थीलाई भौतिकरूपमा विद्यालयमै बोलाएर कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको जोखिमका कारण सबै विद्यालयले कार्यान्वयन गर्न सकेका छैनन् । केही विद्यालयले कक्षा ६ भन्दामाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा बढाएर दूरी कायम गरी अध्यापन गराएका छन् । साना विद्यार्थीलाई भने जुमका माध्यमबाट नै अध्ययन अध्यापन गराइएको छ ।

घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी बिना सूचना बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशन स्कूल कक्षा ५ मा अध्ययनरत विदिशा ढुङ्गानाको दुःखेसो छ ।

गोकर्ण नोलाइटका कर्मचारी भने धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । नेपाल विद्युत् प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउनुहुन्छ । बत्ती निभाउँदा सधैँ सूचना दिन नसके पनि धेरै विद्यार्थीले जुम प्रविधिबाट नै अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको उहाँको भनाइ छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal.

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

थप समाचार शीर्षक

  •  
  •  
  •