पत्रपत्रिका

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...
Spread the love

बेपत्ता छानबिन आयोगको टोली जुम्लामा

Spread the love

कर्णाली- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ । आयोगका सदस्य डा गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले यहाँका पत्रकारसँग भेटघाट गरेको छ । भेटघाटमा सदस्य डा अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिको उजुरी लिने उद्देश्यले यो समयमा कर्णालीमा पुगेको बताउनुभयो ।

“आयोगको कार्यक्षेत्र भनेकै छानबिन तथा अनुसन्धान हो”, उहाँले भन्नुभयो, “यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने हो ।” मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको जनाउनुभयो । उहाँका अनुसार साविकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगुमा २५, डोल्पामा छ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा अधिकारीले कर्णालीलाई प्राथमिकतामा राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरूको छानबिन, अनुसन्धान र पहिचानका काम अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal.

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

थप समाचार शीर्षक

  •  
  •  
  •