भूमि आयोगको कार्यालय स्थापना

लोकप्रिय

सिमकोट- भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो ।

आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापनका गरिने एकबद्धता व्यक्त गर्नुभयो । आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भन्नुभयो ।

आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिनुभयो । सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वैदेशिक रोजगार व्यवसायी संघमा एमालेको वर्चश्व, राजेन्द्र भण्डारी भए अध्यक्ष

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा...

छुटाउनुभयो कि?