Thursday, April 22, 2021

नगर प्रमुख श्रेष्ठद्वारा ग्वार्कोमा ट्रस पुल उद्‌घाटन

धेरै पढिएको


ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं १ र २ तथा ललितपुर महानगरपालिका वडा नं ७ र १७ को बीचमा रहेको कर्मनाशा नदीमाथि रहेको ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुहरूको लागि निर्माण गरिएको ट्रस पुलको एक कार्यक्रमकाबीच महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका वडा नं १, २, ३, ४, ६, र ७ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा ललितपुर महानगरपालिकाका वडा नं ७ र १७ का वडा अध्यक्षहरू र वडा सदस्यहरू, ललितपुर जिल्ला रेडक्रसका अध्यक्ष, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख शिक्षा अधिकृत, सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख, सूचना प्रविधि अधिकृत लगाएतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नगर प्रमुखबाट पुलको समुद्धघाटन गर्दै यस पुलको निर्माणबाट यात्रुहरूको पैदलयात्रालाई सुरक्षित बनाउनुका साथै सडक दुर्घटना घटाउन र यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास गर्दै पुल निर्माणमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले उपस्थित सबैमा स्वागत गर्दै पुलको प्राविधिक पक्षबारे जानकारी गराउनु भयो ।

त्यसैगरी वडा नं २ का वडा अध्यक्ष राम बहादुर के.सीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेले सञ्चालन गर्नुभएको थियो । सम्झौता रकम रू. ३९,७५,५००/- रहेको यस ट्रस पुलको एक तर्फको लम्बाई २४ मीटर, चौडाइ १.५ मीटर, तौल करिब ६ टन रहेको पुलको निर्माण बस्नेत निर्माण सेवाले गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?