Thursday, April 22, 2021

अमिताभले पाए अन्तर्राष्ट्रियस्तरको पुरस्कार

धेरै पढिएको

मुम्बई– बलिउडका महानायक अमिताभ बच्चनले फिल्म क्षेत्रमा पाँच दशकभन्दा लामो समय बिताइसकेका छन् । यी अभिनेताले आफ्नो अभिनय तथा कलाको माध्यमबाट भारतकै नाम विश्वभरी नै उच्च बनाएका छन् । यी अभिनेताले हालसम्म धेरै प्रकारका अवार्डहरु पाइसकेका छन् । अहिले आएर यी अभिनेतालाई पुन: एकपटक वैश्विकस्तरमै सम्मानित गरिएको छ ।

अमिताभ बच्चनले २०२१ को एफआईएफएफ अवार्डबाट पुरस्कृत गरिएको हो । उनलाई क्रिस्टोफर नोलन तथा मार्टिन सोर्सेसद्वारा यो अवार्ड प्रदान गरिएको हो । अमिताभ बच्चनले यो सम्मान पाएर निकै खुशी महसुस गरिरहेका छन् । उनले सामाजिक सञ्जलमा क्रिस्टोफर नोलन तथा मार्टिनलाई धन्यवाद दिएका छन् र अवार्डसहित आफ्ना
तस्बिरहरु शेयर गरेका छन् ।

अमिताभले सन् २०२१ को एफआईएएफ अवार्ड पाएर निकै सम्मानित महसुस गरिरहेको लेखेका छन् । ‘आफ्नो देशको संस्कृति तथा कलालाई यथावत राख्ने कार्यलाई म आगामी दिनमा समेत जारी राख्नेछु । फिल्म हेरिटेज फाउण्डेसनले पनि आफ्नो तर्फबाट फिल्महरुलाई संरक्षित गर्ने तथा देशको संस्कृतिलाई बढावा दिने तथा संरक्षिण गर्नका लागि देशभरी नै जागरुकता फैलाउने कार्य गरिरहने छु’ उनले लेखेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?