घरेलु मैदानमा युभेन्ट्स पराजित

लोकप्रिय

काठमाडौं- साविकको विजेता टोली युभेन्ट्स इटालियन सिरी ए फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा बेनेभेन्टोलाई जित दिलाउन अन्डोलफो गैचले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको टिमका लागि उनले खेलको ६९ औं मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए ।

यो हारसँगै युभेन्ट्सले शीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । लिगमा २७ खेल खेलेको युभेन्ट्सको ५५ अंक छ ।

युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टरको ६५ अंक छ भने दोस्रो स्थानको एसी मिलानको २८ खेलबाट ५९ अंक छ । बेनेभेन्टो २९ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

  •  
    2
    Shares
  • 2
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोनाबाट मोरङमा एकैदिन १४ जनाको मृत्यु

मोरङ- जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल...

छुटाउनुभयो कि?

  •  
    2
    Shares
  • 2
  •