Thursday, April 22, 2021

टाइगरको बुबा भनेर चिनिँदा खुसी ज्याकी

धेरै पढिएको

कुनै एउटा यस्तो समय थियो, जतिबेला टाइगर श्राफ अभिनेता ज्याकी श्राफका छोराको रूपमा चिनिन्थे । अहिले ठीक उल्टो भएको छ । अहिले धेरैले ज्याकी श्राफलाई अभिनेता टाइगर श्राफको बुबाबो रूपमा चिन्ने गर्छन् ।

पछिल्लो समय टाइगरले बलिउडमा राम्रो स्टारडम बनाएका छन् । नयाँ पुस्ताका दर्शकमाझ टाइगरको क्रेज गज्जब छ । ती नयाँ दर्शकले ज्याकीलाई पुराना अभिनेताको रूपमा चिन्दैनन् । त्यसैले टाइगरको बुबा बताइदिन्छन् ।

आफू टाइगरको बुबाको रूपमा चिनिन पाउनु गर्वको कुरा भएको ज्याकीले बताएका छन् । भारतीय मिडियासँगको अन्तर्वार्तामा ज्याकीले भनेका छन्, ‘टाइगरका बच्चा फ्यानहरू धेरै छन् । उनीहरूले मेरै अगाडि आएर पनि टाइगरको बुबा भनेर बोलाउँछन् । टाइगरले बच्चाहरूमा पारेको प्रभावलाई देख्दा निकै खुसी लाग्छ ।’

ज्याकी टाइगरले धेरैलाई फिटनेसका लागि पनि प्रभावित गरेको बताएका छन् । उनी भन्छन्, ‘टाइगरले मलाई पनि फिट रहन प्रेरित गरिरहन्छ । उसले मजस्तै धेरैलाई फिट रहन प्रेरित गरेको छ ।’

ज्याकी कमेडी बेव सिरिज ‘ओके कम्प्युटर’मा काम गर्ने तयारीमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?