थ्री नेसन्समा नेपालको राम्रो प्रदर्शन गर्ने अपेक्षा

धेरै पढिएको

काठमाडौं- तीन देशको सहभागितामा हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा लिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नेपालले राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

महर्जनले खेलाडीहरू फिट रहेको अवस्थामा राम्रो प्रदर्शन गर्न सकेमा उपाधि जित्न सक्ने पनि बताए । विश्वकप २०२२ छनोट खेलका लागि खेलाडीहरूले अभ्यास गरेका छन् । तर, विश्वकप छनोट खेल कोरोनाको कारण स्थगित भएपछि यसको सट्टा थ्री नेसन्स कप आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाली टिमसहित बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिमले सहभागिता जनाउनेछन् । आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले बिहीबार चैत १२ गते किर्गिस्तानसँग पहिलो खेल खेल्नेछ । नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् । उनी आई लिगबाट फर्केर नेपाली टिमको नेतृत्व गर्ने प्रशिक्षक महर्जनले जानकारी गराएका छन् ।

प्रतियोगिताको फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगिता विजेता टिमलाई ५ हजार अमेरिकी डलर र उपविजेता टिमलाई ३ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगितामा भिआईपीतर्फ १५ सय रुपैयाँ र साधारण प्यारापिटतर्फ ७ सय रुपैयाँ मूल्य तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?