Thursday, April 22, 2021

सीआईटीमा भएको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक, कति छ न्यूनतम मुल्य ?

धेरै पढिएको

काठमाडौं– एनआईसी एसिया बैंकले नागरिक लगानी कोष अर्थात् सिटीजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) मा भएको आफ्नो स्वामित्वको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले गोप्य शिलवन्दी मार्फत उक्त शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने योग्य लगानीकर्ताले आज देखि नै आवेदन दिनुपर्ने छ । आज चैत १० गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने बैंकले बताएको छ । एनआईसी एसिया क्यापिटल तथा बैंकको बिभिन्न शाखा कार्यलय मार्फत उक्त शेयर खरिदका लागि आवेदन दिन सकिने बताइएको छ ।
बैंक उक्त शेयरको मुल्य भने न्यूनतम १५४० रुपैयाँ तोकेको छ । त्योअनुसार खरिदकर्ताले सोही मुल्यलाई नै आधार बनाएर सो वा सो भन्दा बढी मुल्य तोकेर आवेदन दिन सक्ने छन् । हाल दोस्रो बजारमा सीआईटीको शेयर मुल्य ४४०० रुपैयाँ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?