मुम्बई- बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे: योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते प्रदर्शनमा आउने भएको छ । अभिनेता खानले सामाजिक संजालमार्फत प्रदर्शन मितिबारे जानकारी गराएका हुन् ।
मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज हुन लागेको चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफ प्रमुख भूमिकामा देखिएका छन् ।
चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।