Thursday, April 22, 2021

प्रजातान्त्रिक आन्दोलनकी योद्धा गिरिराजकुमारी प्रसाईको निधन

धेरै पढिएको

झापा- प्रजातान्त्रिक समाजवादका योद्वा तथा नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा गएराति निधन भएको हो ।

प्रजातान्त्रिक समाजवादका योद्वा लोकतान्त्रिक आन्दोलनका आर्दश नेताका रुपमा परिचित स्व. सिके प्रसाई (भरतवावु ) की श्रीमती गिरिराजकुमारीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिनुभयो ।

सिके प्रसाईसँगै राजनीतिमा होमिएकी गिरिराजकुमारी २०५१ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिष्पर्धा गर्नुभएको थियो ।

दिवंगत प्रसाईको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवािरक श्रोतले जनाएको ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?