थ्री नेसन्स कपमा नेपालको नमीठो शुरुआत

लोकप्रिय

काठमाडौं- घरेलु टिम नेपालको ‘थ्री नेसन्स कप फुटबल प्रतियोगिता’मा नमीठो शुरुआत भएको छ । दशरथ रंगशालामा बिहीबार खेलेको खेलमा नेपालले पाहुना टिम किर्गिस्तानको यु २३ टिमसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजासँगै उद्घाटन खेलमा जित निकालेको अर्को पाहुना टिम बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो ।

बंगलादेशले ३ अंक जोडेको छ भने नेपाल र किर्गिस्तानको समान १-१ अंक छ । नेपालले शनिबार लिगको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपालले सो खेलमा बराबरी मात्रै खेले पनि सोमबार हुने फाइनलमा खेल्न पाउनेछ । यदि, ठूलो अन्तरले हारेमा भने किर्गिस्तानको भाग्य खुल्नेछ ।खेलमा बाक्लै दर्शकबीच नेपाली खेलाडीहरू कयौं गोलको अवसर गुमाएका थिए । जसमा एउटा पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । ६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा सीमित हुँदा पनि त्यसको फाइदा नेपालले लिन सकेन । १० जना खेलाडीबाट खेलेर पनि किर्गिस्तानले बाँकि बचेको समयमा नेपाललाई रोक्यो ।

नेपालले शुरूदेखि नै आक्रमक खेल देखाएका थियो । खेलको पहिलो हाफमा नेपालले धेरै गोल गर्ने मौका खेर फालेको थियो । दोस्रो मिनेटमै अञ्जन विष्टले पोस्ट प्रहार गरे तर, बल पोस्टभन्दा बाहिरियो । अन्जनले नै चौथो मिनेटमा तेज तामाङको फ्रि–किक प्रहारमा हेड गरे पनि बलले गोलको दिशा लिन सकेन । यसैगरी, नवौं मिनेटमा त्रिदेव गुरुङले गरेको कर्नरमा दिनेश राजवंशीले क्लोज रेन्जमा हेड गरे । त्यो प्रहार पनि खेर गएको थियो । यसको दुई मिनेटमा कर्नर बललाई अनन्त तामाङले हेड गरे तर, बल बाहिरियो । यस्तै, अभिषेक रिजालले २९औं मिनेटमा डिबक्समा गोल गर्ने अवसर खेर फाले । ३३ औं मिनेटमा रवि पासवानले क्रस गरेको राम्रो प्रहारमा पनि अन्जनले गोलपोस्ट नजिकैबाट हाने । उनको प्रहार पोस्टकै नजिकबाट बाहिरियो ।

दोस्रो हाफमा पनि नेपालको आक्रमक खेल जारी रह्यो । ४९औं मिनेटमा कर्नरमा आएको बललाई तेजले हेड गरेको बललाई किर्गिस गोलरक्षकले सजिलोसँगै बचाएका थिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड प्रहार पोस्टनजिकैबाट बाहिरियो । लगत्तै रञ्जितकै फ्रिकिकमा अञ्जनको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि भारतीय रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाएका थिए । ७५औं मिनेटमा दिनेशको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलपोस्टभन्दा माथि गएको थियो । ७९औं मिनेटमा अनन्तको ओभर हेड किकलाई किर्गिस गोलरक्षकले बचाए । यो खेलसँगै संजोक राई र त्रिदेव गुरुङको अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?