Thursday, April 22, 2021

सूर्य थापाको आक्रोशपछि रामकुमारी झाँक्रीको टिप्पणी

धेरै पढिएको

काठमाडौं- स्पष्टीकरण प्रकरणयता मौन बसेकी नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीभित्रको विवादबारे मुख खोलेकी छन्।

माधवकुमार नेपाल पक्षकी नेत्री झाँक्रीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कसैको नाम नलिईकन दम्भ, अहंकार, घमण्ड, घृणा र तिरस्कार बढ्दै गएको टिप्पणी गरेकी हुन्।

यसअघि आजै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल पक्षका नेताहरूलाई आलोचना गरेका थिए।

झाँक्रीले सामाजिक सञ्जालमै लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो। भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने हुन्छ।’

उनले अगाडि लेखेकी छन्, ‘लाखौं सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको विरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगीन दायित्त्व हो।’

सुरुमा वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँगै स्पष्टीकरण माग्ने सूचीमा राखिएकी नेत्री झाँक्रीको नाम कारबाहीका लागि ‘वेट नपुगेको’ भनेर अध्यक्ष ओलीले पछि झिकेको चर्चा चलेको थियो। त्यसयता उनले कुनै प्रतिक्रिया जनाएकी थिइनन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?