नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।
आइतबार राजधानीमा भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो । नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई चयन गरिएको छ । यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की छन् । लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ उपसचिव भएका छन् ।
शनिबार बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले सबै तहमा पार्टीका कमिटी गठन गर्ने निर्णय गरेको थियो । एमालेलाई थप एकताबद्ध बनाउन संगठन सुदृढीकरणको अभियानअन्तर्गत कमिटीहरू गठन गरिने नेपाल–खनाल समूहले दाबी गरेको छ ।
भेलामा नेता नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गरे । समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उनले बताए । आफू अनुकूल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीमा रहेको भन्दै ओलीलाई सुधार्न नसकेको उनले बताए ।
नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडिबाट चलाउनुपर्नेमा जोड दिए ।
थापागाउँ, नयाबानेश्वर
सामचार का लागी :kathmanduexpress11@gmail.com
फोन नम्बर : +९७७-०१-५२४४४८५
विज्ञापनका लागि : info@kathmanduexpress.com