Thursday, April 22, 2021

भोलि रुकुममा प्रचण्ड किन गर्जिदैछन् ?

धेरै पढिएको

राजनीतिक वृतमा भईरहेको सर्मागर्मिका बिच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चैत २४ गते रुकुम पश्चिम आउने भएका छन् । केन्द्रीय राजनीति तातिएको बेला प्रचण्डको रुकुम प्रवेशलाई अत्यन्त चासोको रुपमा लिईएको छ ।

तत्कालिन जनयुद्धताका रुकुमलाई आधारक्षेत्र बनाएर उदाएका प्रचण्डको यस उपस्थितिलाई कार्यकर्ताले भने नयाँ उद्घोष र उत्साहको रुपमा लिएका छन् ।

नेकपा माओवादी केन्द्रले भने जिल्ला पार्टीले आयोजना गरेको जनसभामा प्रमुख वक्ताको रुपमा प्रचण्ड रुकुम पश्चिम आउन लागेको जनाएको छ । जन आन्दोलन दिवशको अवसरमा माओवादी केन्द्र रुकुम पश्चिमले बृहत जनसभा आयोजना गरेको र त्यसकै प्रमुख वक्ताको रुपमा प्रचण्ड रुकुम आउन लागेको पार्टीले जनाएको छ ।

चैत २४ गते मुसीकोट नगरपालिका १ स्थित बराहटाकुरामा जनसभा गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष गोपाल शर्माले बताए । जनसभालाई बृहत बनाउनका लागि गाउँ गाउँबाट उल्लेख्य सहभागिताको तयारी भैरहेको बताइएको छ ।

‘केन्द्रीय राजनीति हेरेर निराश नबनुन भनेर हामीले जनलहर रुकुमबाट सिर्जना गर्ने कोशिस गर्नेछौ’, एक कार्यकर्ताले भने, ‘यस्तो होस् कि रुकुमका जनताको उत्साह र सहभागितापछि प्रचण्डलाई अगाडि बढ्न थप ढाडस मिलोस् ।’

सदरमुकाम खलंगामा रुकुमका दशौ हजार मान्छे उतार्ने माओवादीको योजना रहेको छ ।
जिल्ला पाटी र प्रचण्ड स्वयम्को नयाँ उत्साह उजागर गरेर आगामी चुनावमा रुकुमलाई प्राथमिकतामा पार्न मार्ग प्रशस्तीको लागि यो कार्यक्रम डिजाईन गरिएको आँकलन हुन थालेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमले माओवादी केन्द्र अस्तित्वमा आएपछि पहिलो पटक ठूलो जन सभा गर्न लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?