पौडेलको अध्यक्षतामा उपभोक्ता हित संरक्षण समन्वय समिति गठन

लोकप्रिय

युवा सामाजिक अभियन्ता तथा युवा उद्यमी नेत्रनाथ पौडेलको अध्यक्षतामा औषधिजन्य उत्पादन बजार, रोजगारी तथा उपभोक्ता हित संरक्षण राष्ट्रिय समन्वय समिति गठन भएको छ ।

काठमाडौंमा भएको भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ र शान्ता शर्मा, महासचिवमा नौरथ अधिकारी तथा कोषाध्यक्षमा केशव बर्मा चयन भएको छ ।

सदस्यहरुमा प्रकाश सुवेदी, शंकर थापा, राधिका गौतम, पोषक सापकोटा, जितेन्द्र यादव र मनोज गुप्ता चयन हुनुभएको समितिले जनाएको छ ।

समितिले रोजगारी सिर्जना र त्यसको व्यवस्थापन, उत्पादन र त्यसको वस्तुपरक व्यवस्थापन, उपभोक्ता पहुँचको सुविधा मूल्य निर्धारण, गुणस्तरीय औषधिजन्य उत्पादन बजार सहजीकरण र उत्पादन तथा उपभोक्ता हित संरक्षणको उद्देश्य राखेको पौडेलले जानकारी दिनुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •