त्रिदेशीय क्रिकेट सिरिज : आज नेपाल र नेदरल्याण्ड्सबीच खेल

लोकप्रिय

काठमाडौं- काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ ।

यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो र मलेसिया विरुद्धको दोस्रो खेलमा समान ९ विकेटको जित निकालेको थियो । नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्याण्ड्सले आफ्ना दुई खेल सकिँदा २ अंक मात्र जोडेको छ ।

मलेसियाले आफ्ना दुबै खेल गुमाएको छ । नेपाल आजको खेलमा पनि विजयी भए फाइनल प्रवेश गर्ने छ। डबल राउण्ड रोबिन लिगका आधारमा जारी खेलमा अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैबीच आजको खेलमा दर्शकहरू सहभागी हुन नपाउने भएका छन् ।

सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ क्यानले त्रिदेशीय सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?