वीरगन्जमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु

लोकप्रिय

वीरगन्ज- वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । मुटुको दीर्घरोगी रहेका ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो । उपचारकै क्रममा मंगलबार बिहान पौने १ बजे संक्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

डाक्टर दासका अनुसार उनी केहि दिन पहिले मात्रै भारतको दिल्लीबाट घर आएका थिए । कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए । मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?