भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

लोकप्रिय

नयाँ दिल्ली- भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।
भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।

मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ । संक्रमणमुक्त भएको यो संख्या पनि हालसम्मकै उच्च रहेको जनाइएको छ ।
११ राज्यमा चिन्ताजनक अवस्था
महाराष्ट्र, दिल्ली, उत्तर प्रदेशसमेत ११ राज्यमा अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रमा २४ घण्टाभित्र ६२ हजार ९७, उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५ जना संक्रमित पाइएका छन् ।
यस्तै, केरलामा १९ हजार ५७७, कर्नाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१ जना संक्रमित पाइएका छन् ।

मध्य प्रदेशमा १२ हजार ७२७, गुजरातमा १२ हजार २०६, तमिलनाडूमा १० हजार ४५५ जना संक्रमित एकैदिन फेला परेका हुन् ।

  •  
    3
    Shares
  • 3
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोनाबाट मोरङमा एकैदिन १४ जनाको मृत्यु

मोरङ- जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल...

छुटाउनुभयो कि?

  •  
    3
    Shares
  • 3
  •