मलेसियालाई हराए नेदरल्यान्ड्स फाइनलमा

लोकप्रिय

काठमाडौं- त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि दुई खेलमा जित निकालेको नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाउने योजनामा छ ।

मलेसियालाई १५ रनले हराएको नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराएको थियो । यता, फाइनलमा आफ्नो स्थान बनाउन मलेसियालाई आजको खेलमा फराकिलो अन्तरको जित निकाल्न आवश्यक छ ।

सिरिजका दुई खेलमा कमजोर नतिजा निकाल्दै पराजित भएको मलेसिया आजको खेलमा जित निकाल्ने योजनामा छ । नेदरल्यान्ड्सले सिरिजमा तीन खेल खेल्दै ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

यता, अंकविहीन मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा छ ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

  •  
    2
    Shares
  • 2
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
    2
    Shares
  • 2
  •