भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

लोकप्रिय

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यचुरी पुत्र आशिषको बिहीबार बिहान मृत्यु भएको हो ।

आशिषको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । ३४ वर्षीय आशिष दुई साता अगाडिदेखि कोभिड-१९ को संक्रमणमा परेका थिए ।

‘मैले मेरो जेठो छोरा आशिषलाई आज बिहान गुमाएको छ । उ कोभिड-१९ सँग संघर्षरत थियो । उसको उपचारमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु,’ यचुरीले ट्वीटरमा लेखेका छन् ।

  •  
    2
    Shares
  • 2
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
    2
    Shares
  • 2
  •