मुलुक आम निर्वाचनतर्फः तुम्बाहाङ्फे

लोकप्रिय

विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा शनिबार विराटनगरमा आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार ’ वितरण गर्दै उहाँले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताउनुभयो ।

उहाँले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताउनुभएको छ । उहाँले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गर्नु भयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले सञ्चारकर्मीले व्यावसायिक दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लीलाराज भट्टराई, सञ्चारकर्मी महेन्द्र विष्ट, माधव अधिकारी, चौतारी मोरङ संयोजक सुदीप कोइराला र शशाङ्क पौडेल स्व मैनालीले पत्रकारिताका माध्यमबाट जनतामा चेतना जागृत गराउन ठूलो भूमिका खेल्नु भएको चर्चा गर्नुभयो ।

पुरस्कृत पत्रकार कमल पौडेल अस्वस्थ्य हुनु भएकामा उहाँका छोरा विभिन्न पौडेललाई नगद रु १५ हजार ५१५ र प्रमाणपत्र प्रदान गरिएको थियो । स्व मैनालीले विराटनगरलाई कार्य क्षेत्र बनाई दैनिक एवं विभिन्न साप्ताहिक पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्नुहुन्थ्यो ।

  •  
    2
    Shares
  • 2
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के फेरि बल्झियो एमालेको विवाद?

काठमाडौं- नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक अनिश्चित भएको छ। आइतवार गठन भएको वार्ता टोलीलाई तीन दिन...

छुटाउनुभयो कि?

  •  
    2
    Shares
  • 2
  •