निषेधाज्ञा पालना गर्दै महालक्ष्मी नगरपालिकाले खोपलाई निरन्तरता दिने

लोकप्रिय

ललितपुर– कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारणलाई त्रसित भएको छ ।

खोप लगाउन खासै चासो नराख्ने सर्वसाधारणहरु अहिले खोजी खोजी खोप केन्द्र पुग्न थालेका छन् । स्थानीयको माग बढेपछि महालक्ष्मी नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विशेष आग्रह गरेर लुभु स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाएको छ ।

नगरबासीले खोप पाए सुरक्षित हुन सक्ने भन्दै माग गरेपछि वडा नं ८ स्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड– १९ विरुद्धको भेरोसिल खोप लगाउन सुरु गर्रिको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पहिलो दिन ल्याएको १ हजार डोज सुरु गरिएको तीन घण्टामै सकिएको छ । ‘भोलि ३५ सय डोज मगाएका छौं,’ उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यका मापदण्ड र प्रशासनको निषेधाज्ञा पालना गर्दै त्यसपछि पनि खोप सञ्चालन गर्नेबारे छलफल गरिरहेका छौं ।’

खोप कार्यक्रमको मंगबालर मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं ८ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।

खोप कार्यक्रममार्फत १८ देखि ५९ वर्षका लक्षित समूहहरूमा पर्ने व्यक्तिहरूलाई खोप लगाइने छ । मेयर श्रेष्ठले खोप कार्यक्रममा सहि तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक दुरी कम्तीमा दुई मीटर कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र भीडलाई टोकन प्रणाली मार्फत नियन्त्रित गर्न निर्देशन दिनुभएको थियो ।

  •  
    40
    Shares
  • 40
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
    40
    Shares
  • 40
  •