महालक्ष्मीमा ४७३० जनालाई खोप लगाइयो

लोकप्रिय


ललितपुर– महालक्ष्मी नगरपालिकामा ४७३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

वैशाख १४ र १५ गते महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको कोभिड- १९ विरुद्धको भेरोसिल खोप कार्यक्रममा ४७३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । नगरपालिकाका अनुसार १८ देखि ५९ वर्षका लक्षित समूहहरूमा पर्ने व्यक्तिहरूलाई खोप लगाइएको छ ।

खोप कार्यक्रम मार्फत कम्तीमा ४ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा पहिलो दिन ११६५ र दोस्रो दिन ३५६५ गरी जम्मा ४७३० जनालाई खोप लगाइएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खोप कार्यक्रमलाई सफल बनाउनु मद्दत गर्नुहुने सबै पक्षलाई धन्यवाद दिनुभएको छ । उहाँले आगामी दिनमा महालक्ष्मी नगरपालिका भित्रका बासिन्दाहरू सबैलाई पुग्ने खोपको व्यवस्थापन गर्न अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले कोभिड-१९ विरुद्धको खोप लगाएकाहरूलाई पनि संक्रमण हुनसक्ने हुँदा नगरवासी सबैले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण रुपमा पालना गरी आफूलाई सुरक्षित राख्दै समुदायलाई समेत सुरक्षित राख्न अपिल गर्नुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •