‘आत्तिनु पर्दैन, औषधि अभाव हुँदैन’

लोकप्रिय

काठमाडौं । कोभिड १९ बाट सिकिस्त भएकाहरुलाई रेम्डिसिभिर औषधीले रामवाणको काम गर्ने कतिपयको विश्वास छ । नेपालमा पनि रेम्डिसिभिरको व्यापक माग छ । तर, यसको मुख्य उत्पादक भारतले भने रेम्डिसिभिर निर्यातमा रोक लगाएको छ ।

अब नेपालले कहाँबाट ल्याउँछ रेम्डिसिभिर रु औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार भारतले निर्यातमा रोक लगाए पनि नेपालमा बङगलादेशबाट रेम्डिसिभिर आयात भइरहेको छ । उहाँको भनाई छ– ‘रेम्डिसिभिर बङगलादेशमा पनि उत्पादन हुन्छ । हामीले बङगलादेशबाट आयात गर्न अनुमति दिइसकेका छौं ।’

महामारीको बेला औषधी अभाव हुने हो की रु अहिले कतिपयले यस्तो चिन्ता गरिरहेका छन् । तर, औषधी व्यवस्था विभागले भने महामारीका बेला कुनै पनि औषधी अभाव नहुने भन्दै ढुक्क हुन आग्रह गरेको छ ।

सूचना अधिकारी सन्तोष भन्नुहुन्छ– ‘अहिले औषधी अभाव भएको छैन । अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्व तयारी भने गरिरहेका छौं ।’

महामारीले कस्तो रुप लिन्छ भनी पूर्वानुमान गर्न गाह्रो हुने उहाँले बताउनु भयो । भारतमा कोभिड १९ महामारी नियन्त्रण बाहिर गएको अवस्थामा पनि त्यहाँबाट नेपालमा औषधी आयात भइरहेको उहाँले बताउनु भयो । ‘भारतको अवस्था विकराल बने पनि औषधी आयातमा कुनै अवरोध छैन’– सन्तोषले भन्नुभयो ।

गत वर्ष महामारी सुरु हुँदा भारतले कैयन औषधी निर्यातमा रोक लगाएको थियो । तर, अहिले त्यसो गरेको छैन, रेम्डेसिभिरलाई मात्र रोक लगाएको छ । यसकारण पनि औषधी अभाव नहुने उहाँले बताउनुभयो ।

कोभिड १९ को महामारी सँगै एन्टिबायोटिक औषधीको प्रयोग बढेको छ । रुघाखोकी, ज्वरो, निमोनिया, दम बढ्ने, प्रेसर आदि कोभिडको लक्षण भएकाले सिम्टम्याटिक औषधीको खपत बढेको उहाँले बताउनु भयो ।

औषधीको लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको र भारतबाट आयात गर्न नसकिए पनि चीनबाट आयात गर्न सकिने उद्योगीहरुले विभागलाई जानकारी दिएको उहाँले बताउनुभयो । औषधी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ केही महिनालाई पुग्ने मौज्दात भएको उहाँले जानकारी दिनुभयो । नेपालले भारतभन्दा चीनबाट धेरै कच्चा पदार्थ ल्याउने जानकारी दिँदै उहाँले चीनमा अवस्था सामान्य भएकाले चिन्ता गर्न नपर्ने तर होसियार भने बन्नपर्ने बताउनुभयो ।

विभागले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय, गृह मन्त्रालय, औषधी उत्पादक, आयातकर्ता तथा अन्य सम्वद्ध पक्षसँग निरन्तर छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जताततै लकडाउन भएकाले औषधी वितरण प्रणालीलाई भने सुधार्नुपर्ने र त्यसमा आफूहरु लागिरहेको बताउनभुयो ।

औषधीमा कालोबजारी हुन सक्ने कुरालाई ध्यानमा राखेर अनुगमनलाई व्यापक बनाउने तयारी समेत गरेको उहाँले जानकारी दिनु भयो । तर, औषधीमा कालोबजारी खासै सम्भव नहुने उहाँले बताउनुभयो । मानिसहरुले आत्तिएर अत्यावश्यक औषधी जम्मा गरेकाले गत वर्ष केही समस्या आएको भन्दै उहाँले यस पटक त्यस्तो नहुने बताउनुभयो । नेपालमा औषधी सस्तो भएकाले नक्कली औषधी बजारमा नआएको पनि उहाँले दावी गर्नुभयो । विगतमा एक पटक सिप्रोफ्लोक्सासिन ट्याब्लेट नक्कली आएको, त्यसपछि बजारमा कुनै पनि नक्कली औषधी नआएको उहाँले दावी गर्नुभयो ।

अनुगमनमा विभागले कडाई गरिरहेको उहाँले जानकारी दिनुभयो ।

  •  
    1
    Share
  • 1
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
    1
    Share
  • 1
  •