निषेधाज्ञामा बिहे भोज गरेको कसुरमा २ बेहुला पक्राउ

लोकप्रिय

पर्वत- कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्ड मिचेर भोज गरेको आरोपमा पर्वतमा २ बेहुला पक्राउ परेका छन् । बिहे भोज गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

महामारी नियन्त्रणमा सरकारले लगाएको निषेधाज्ञा अवज्ञा गरी भोज गरेको अभियोगमा प्रहरीले पर्वतको जलजला–२ माझफाँटबाट २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार पक्राउ परेका हुन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भोजमा १० जनाभन्दा बढी सहभागी हुन नहुनेमा उक्त भोजमा गाउँका करिब ४० जना जम्मा भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेशमा बिहे तथा काजकिरियामा १० जनाभन्दा बढी भेला नहुन भनिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

समाजसेवामा सक्रिय बन्दै माकलवारीको उद्यमशील महिला समूह

काठमाडौं । उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •