सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा

लोकप्रिय

विराटनगर- जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ। जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२:०० बजेदेखि जेठ १५ गते मध्यराति १२:०० बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो समयमा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि नियन्त्रण रोकथामका लागि जारी निषेधाज्ञालाई कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालले जिल्ला सदरमुकाम इनरुवा, इटहरी र र धरानमा संक्रमणको दर उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको बताए ।
सो अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

समाजसेवामा सक्रिय बन्दै माकलवारीको उद्यमशील महिला समूह

काठमाडौं । उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •