आजदेखि खाद्य कम्पनीबाट छुट नपाइने

लोकप्रिय

खाद्य व्यवस्था तथा व्यापर कम्पनीले मंगलबार (आज)देखि खाद्यान्नमा छुट नदिने भएको छ। निषेधाज्ञा खुकुलो भएकाले छुट नदिने भएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् ।

‘अब निषेधाज्ञा खुकुलो भइसकेको छ । हामीले खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय गरेका छौं,’ उनले भनिन् ।

आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिइने उल्लेख थियो ।

सो उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?