आमिर दोस्रो श्रीमतीसँग पनि छुट्टिए

लोकप्रिय

मुम्बई- बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले वैवाहिक जीवनको १५ वर्षपछि अलग हुने निर्णय लिएका छन् । शनिबार उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

आपसी सम्झौतामा वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउने निर्णय लिएका हुन् । शनिबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

“यो १५ वर्षको सुन्दर सँगै बसाइमा हामीले जीवनभरिको खुसी, उमंग र कैयौँ अनुभवहरु ग¥यौँ । यो अवधिमा हाम्रो सम्बन्ध माया, एकार्कामा विश्वास र सम्मानका साथ हाम्रो सम्बन्ध बढ्दै गयो,” विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले अब नयाँ जीवनको सुरुवात गर्ने निधो गरेको पनि बताएका छन् । यसबारे प्रस्ट्याउँदै थप लेखिएको छ, “अब हामी हाम्रो जीवनको नयाँ अध्यायको सुरुवात गर्दै छौँ । तर, श्रीमान् र श्रीमतीको रुपमा नभई सह–अभिभावकको र एकार्काको लागि परिवारको रुपमा नयाँ जीवन सुरु गर्दै छौँ ।”

उनीहरुले अलग हुने कुरा केही समयअघि नै सोचेको पनि बताएका छन् । कानुनी रुपमा श्रीमान् र श्रीमती नभए पनि छोराको जिम्मेवारी भने सँगै पूरा गर्ने सम्झौता गरेका छन् । यसका साथै पानी फाउन्डेसन र अन्य प्रोजेक्टहरुमा सहकार्य भने जारी रहने उनीहरुले बताएका छन् ।

किरण राव अभिनेता आमिरकी दोस्रो श्रीमती हुन् । उनीसँग विवाह गर्नुअघि उनको रिना दत्तसँगको वैवाहिक सम्बन्ध टुंगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल...

छुटाउनुभयो कि?