काठमाडौं- स्ट्यान्डअप कमेडी शो कमडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ ।
पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् योगेश भट्टराईको संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो । भट्टराईले व्यक्तिगत रुपमा एकलाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एकलाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो ।
उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ ।