जसपा संसदीय दलको विधान कार्यकारिणी समितिबाट अनुमोदन, नेता चयनका लागि निर्वाचन समिति गठन

लोकप्रिय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य बैठकले संसदीय दलको बिधान अनुमोदन गरेको छ ।

यस अघि संसदीय दलले कार्यकारिणी समितिमा पठाएको संसदीय दलको विधानलाई मंगलबार बसेको बैठकले अनुमोदन गरेको समिति सदस्य मोह्मम्द इश्तियाक राईले जानकारी दिएका छन् ।

साथै कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र शुसीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको राइले जानकारी दिए ।

त्यस्तै बैठकले निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्न प्रकाश अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।

सरकारमा जाने तयारीमा रहेको जसपाले सोमबार निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?