एजेन्सी- चिनियाँ स्मार्टफोन कम्पनी हुवाईले आफ्नो नयाँ स्मार्टफोन ‘पी–५०’आउँदो बिहिबार सार्वजनिक गर्ने भएको छ ।
जिएसएम एरेनाका अनुसार चीनमा उत्पादन हुवाईको नयाँ ‘पी–५०’ स्मार्टफोन विश्वभर सार्वजनिक हुनेछ । कम्पनीले हालै ‘पी–५०’ सिरिजको टिजर समेत पोस्ट गरेको थियो, जसमा यो सिरिज अन्तर्गत कस्ता स्मार्टफोन हुनेछ भनेर खुलाइएको छैन ।
‘पी–५०’ स्मार्टफोनको पछाडिपट्टि चारवटा लेइका क्यामरा हुने कम्पनीको टिजरमा देखिएको छ । लेइका क्यामराले फोकस नगरिएको फोटोपनि राम्रो देखाउँछ र छायाँ भएको ठाउँमा उच्च गुणस्तरको कन्ट्रास्ट फोटो खिच्छ । यसमा कस्ता र कति मेगापिक्सलको क्यामरा हुनेछ भन्ने जानकारी भने आएको छैन ।
६.६० इन्च ओएलडी डिस्प्ले हुने यो मोडल एन्ड्रोइड ११ संस्करणमा चल्नेछ । हुवाईमाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण यसका नयाँ स्मार्टफोनमा गुगल एप, जिमेल, प्ले स्टोर, गुगल म्याप जस्ता कुनैपनि गुगल प्ले सर्भिसहरु नुहुने जिएसएम एरेनाले जनाएको छ ।
‘पी–५०’ स्मार्टफोन ८ जिबी र्यामका साथ १२८ जिबी वा २५६ जिबी आन्तरिक स्टोरेजको विकल्पमा उपलब्ध हुनेछ ।
ओक्टा–कोर हाइसिलिकन किरिन ९००० प्रोसेसरले बनेको यो स्मार्टफोनमा अन्डर–डिस्प्ले फिंगरप्रिन्ट फिचरपनि रहेको छ ।
यो नयाँ स्मार्टफोन सेतो रङमा उपलब्ध हुने अनुमान छ । कम्पनीबाट यसबारे धेरै फिचरहरु लिक नभएको हुँदा ‘पी–५०’ स्मार्टफोनको जानकारी पाउन जुलाई २९ गतेसम्म पर्खनु पर्ने जिएसएम एरेनाले लेखेको छ ।