गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

लोकप्रिय

गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बुधबार चन्द्रकोट ४ शान्तिपुरबाट तम्घास छुटेको लु १ ज ४५५९ नम्बरको जिप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटनामा परेको थियो । मृतक मध्ये चन्द्रकोट गाउँपालिका ४ का तेजबहादुर थापा र चन्द्रकोट ५ का रेशम कार्की भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेय पुष्टि गरे ।

अझै एक जना महिलाको सनाखत हुन सकेको छैन । घाइते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल ल्याउने र मृतकको सनाखत गर्ने काम जारी रहेको पाण्डेयले जानकारी दिए । जिप सडकबाट ४ सय मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?