भारतको संसदमा दिनदिनै हंगामा, सभामुखको कुर्सीमा फ्याँकियो कागजात

लोकप्रिय

एजेन्सी- भारत सरकारले पेगाससमार्फत अनधिकृत रूपमा नागरिकको जासूसी गरेको आरोपका बीच विगत केही दिनदेखि संसद् अवरुद्ध बनिरहेको छ ।

विपक्षी दलका नेताहरूले संसदीय बैठक राम्ररी चल्न नदिएको आरोप सत्तापक्षले लगाइरहेको छ ।

बुधवारको बैठकमा कांग्रेस र तृणमूल कांग्रेसका सांसदहरूले कागज च्यातेर सभामुखको कुर्सीतर्फ फ्याँके । उनीहरूले संसदीय मामिलामन्त्रीतर्फ पनि कागज फ्याँके । त्यसपछि सत्तारूढ दलका सांसदहरू पनि रिसाएर कुर्सीबाट उठेका थिए ।

लोकसभामा होहल्ला गर्दै विपक्षी दलका सांसदहरूले कागज र फाइलहरू च्यातेर फ्याँकेको संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले बताए ।

पेगासस तथा अन्य विषयमा विपक्षीहरूले हंगामा गरेपछि संसद्को बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षीहरूको होहल्लापछि वरिष्ठ मन्त्रीहरू नरेन्द्र सिंह तोमर, पीयूष गोयल, अनुराग ठाकुर र प्रह्लाद जोशी एकै ठाउँमा उभिएका थिए । अर्की मन्त्री दर्शना जार्दोशले यस्तो छाडा व्यवहार सहनु नहुने र जनतालाई यसको जानकारी दिनुपर्ने भनेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?