५ पटक प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन, हुन त बुद्धि भए पो पलाउँथ्यो- गोविन्द केसी

लोकप्रिय

काठमाडौँ- डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले केही दिन अगाडी श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए ।

उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै उनले देउवा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि बुद्धि नपलाएको व्यंग गरे ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन की जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्..बुद्धि भएको पलाउनु ?’ उनले भने ।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि यतिबेला विरोध आइरहेको छ ।

उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?