काठमाडौं- स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एफ२२ स्मार्टफोन नेपाली बजारमा ल्याइएको छ ।
यो फोनमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४ इन्च एचडी प्लस एम्लोइड डिस्प्लेका साथै ६ हजार एम्पिएरको ब्याट्री रहेको कम्पनीले जनाएको छ । ४८ मेगापिक्सलको क्वाड क्यामेरा तथा अरु विशेषताले यो फोन उत्कृष्ट रहेको सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए ।
यो स्मार्ट फोन युवाहरुको लाइफस्टाइलको लागि उत्तिकै उपयोगी हुनुको साथ अफोर्टेबल स्मार्टफोनसमेत हुने उनले बताए ।
यो स्मार्टफोन दुईवटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्टको बजार मूल्य २० हजार ५०० र ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यो फोन नेपालभर रहेका सामसङ ब्रान्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेको जनाइएको छ ।