न्यूनतम पारिश्रमिक पुनरावलोक गर्न कार्यदल गठन

लोकप्रिय

काठमाडौं । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघको पूर्व महासचिव इन्द्रबहादुर (उजिर) मगर, महासंघ र सञ्चार उद्यमी एशोसिएसनको तर्फबाट एक/एक प्रतिनिधि सदस्यका रुपमा रहने छन् ।

समितिको बिहीबार सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । विसं २०७५ देखि पारिश्रमिक पुनरावलोकन हुन नसकेको बताइएको छ ।

कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नुको कारण विश्लेषणसहितको प्रतिवेदन समितिलाई एकमहिनाभित्र पेश गर्नेछ । बैठकले कोरोना संक्रमणमा जोखिम मोलेर काम गर्ने पत्रकारका लागि विषेश राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?